सुवास लामिछाने
पर्वत, २० वैशाख ।
पर्वतको कुश्मा स्थित गुप्तेश्वर बहुमुखी क्याम्पसमा स्थापना गरिएको अस्थायी कोरना अस्पतालको आइसोलेसनमा वार्डमा १ जना कोरना आशंकामा भर्ना गरीएको छ । शनिबार जिल्लाको पैयुँ गाउँपालिकाका १ जनालाई आईसोलेसनमा भर्ना गरीएको कोरना अस्थायी अस्पताल प्रशासनले जानकारी दिएको छ ।
अस्पतालमा भर्ना गरीएका उनी केहि समय अघि भारतबाट फर्केका हुन । उनलाई पोखरामा क्वारेन्टाईनमा राखिएको तर ५ दिन बसेपछि उनी भागेर हिडेपछि आज कुश्मा नगरपालिका वडा नम्बर १२ ठुलीपोखरीबाट प्रहरीले अस्पताल ल्याएको हो ।
अस्पतालबाट उनलाई कोरना अस्पतालमा राखिएको जिल्ला अस्पतालका निमिक्त मेडिकल सुपरिटेण्डेन्ट डा. शिशिर देबकोटाले जानकारी दिए । उनका अनुसार पोखरामा क्वारेन्टाईनमा राखिएको र भागेर हिडेको कारण उनलाई कोरना आशंकामा आईसोलेशनमा भर्ना गरिएको देबकोटाले बताए । उनको भोली बिहान थ्रोड स्बाव संकलन गरीने उनको भनाई छ ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here