बागलुङ, २२ कार्तिक । कास्की क्रिकेट संघले बागलुङमा जारी गण्डकी प्रदेशस्तरीय ‘बागलुङ कप’ टी२० क्रिकेट प्रतियोगितामा विजयी सुरुवात गरेको छ ।
दोस्रो दिनको पहिाले पहिलो खेलमा कास्कीले पर्वतलाई ४ विकेटले हराएको छ ।
जितको लागि १ सय १ रनको विजयी लक्ष्य पछ्याएको कास्कीले १६.३ ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्यो । कास्कीको जितमा कप्तान विपिन खत्रीले २२ बलमा २५ रनको अविजित इनिङ खेले । यस्तै नेपाल अन्डर १९ राष्ट्रिय क्रिकेट टिमका खेलाडी सुवास भण्डारीले १३ रनमा अविजित रहे ।
पर्वतको लागि विनोद नेपालीले ४ ओभरमा १४ रन खर्चेर २ विकेट लिएभने कप्तान अमृत्त गुरुङले ४ ओभरमा १५ रन खर्चेर २ विकेट लिए ।
त्यसअघि बाङ्गेचौर खेल मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको पर्वतले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय रन बनाएको थियो । पर्वतको लागि कप्तान अमृत्त गुरुङले ४३ बलमा ५८ रनको अविजित अर्धशतकीय इनिङ खेलेपनि जितको लागि प्रयाप्त रहेन । अमृत्त प्रतियोगिताको अर्धशतक प्रहार गर्ने पहिलो खेलाडी बनेका छन् ।
प्रतियोगिताको म्यान अफदी म्याच घोषित भएका कास्कीका सुवास भण्डारीले ४ ओभरमा २३ रन खर्चेर ३ विकेट लिए ।
बागलुङ क्रिकेट संघले आयोजना गरेको प्रतियोगिता अन्तरगत आज दोस्रो खेलमा नवपुल र तनहुँ विच प्रतिस्पर्धा हुने सदस्य अभिषेक कटुवालले बताए ।