![Sushil Rasaili Arrest]](https://khabarway.com/wp-content/uploads/2023/09/Sushil-Rasaili-Arrest-696x385.jpg)
बागलुङ, ४ असाेज । सवारी ज्यान कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् । पक्राउ पर्नेमा बागलुङको तमानखोला गाउँपालिका–१ का ३५ बर्षीय सुशिल रसाईली रहेका छन् ।
रसाईलीलाई बागलुङ जिल्ला अदालतले सवारी ज्यान कसूर मुद्दामा २०७९ साल साउन २५ गते ७ महिना ३ दिन कैद र रु. २ हजार रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो ।
प्रहरी चौकी बोङ्गादोभानबाट खटिएको टोलीले रसाईलीलाई पक्राउ गरी लगत कट्टाको लागि बिहिबार बागलुङ जिल्ला अदालतमा पठाइएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी निरीक्षक दिपक बाबु के.सी.ले जानकारी दिए ।