
बागलुङ, ३ असोज । बागलुङको बिर गोर्खाली युवा क्लबले धौलागिरी अस्पताल बागलुङका विरामीहरुलाई फलफुल वितरण गरेको छ ।
क्लबले संविधान दिवससंगै आउँदै गरेको बिजया दशमीको सन्दर्भ पारेर अस्पतालमा उपचाररत ६० जना बिरामीलाई फलफुल बितरण गरिएको सचिव प्रदिप श्रीसले जानकारी दिनुभयो । खेलकुदसंगै, समाजमा लागु औषध बिरुद्ध तथा बिभिन्न साँस्कृतिक कार्यक्रम समेत गर्दै आएको क्लवले अस्पतालमा उपचाररत बिरामीको स्वास्थ्य लाभको कामना गर्दै फलफुल बितरण गरेको उहाँले बताउनुभयो ।
अस्पतालमा उपचाररत बिरामीलाई बागलुङ नगरपालिका वडा नम्वर ४ का वडा सदस्य गोविन्द पुन, अस्पतालमा कार्यरत शान्ति भण्डारी, क्लवका अध्यक्ष दिपेन गर्वुजा पुन लगाएत क्लवका सदस्यहरुले फलफुल बितरण गर्नुभएको सचिव श्रीसले बताउनुभयो ।
क्लवले बिजया दशमी तथा दिपावलीको सन्दर्भ पारेर कार्तिक १ गते बागलुङ बजारमा नविन के भट्टराईको व्याण्ड सहित पोखराको डिमर्च व्याण्ड र स्थानिय कलकारहरुको उपस्थितीमा कन्सर्ट कार्यक्रमको आयोजना गरेको अध्यक्ष दिपेन गर्वुजा पुनले जानकारी दिनुभयो ।