चिल्ड्रेन लाईफ फाइनलमा प्रवेश

बागलुङ, ३१ भदौ । चिल्ड्रेन लाईफ बोर्डिङ स्कुल बागलुङमा जारी अन्तर माध्यमिक विद्यालय (+१०)स्तरीय फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

आईतबार भएको सेमिफाइनल खेलमा आदर्श विद्यामिन्दर बोर्डिङलाई २–३ गोलअन्तरले पराजित गर्दै चिल्ड्रेन लाईफ फाइनलमा प्रवेश गरेको हो । चिल्ड्रेन लाईफलाई फाइनलमा पु¥याउन बरदान थापाले खेलको ५ औं, ४१ औं र थप गरिएको समयको ८ औं मिनेटमा गोल गर्दै ह्याट्रिक पुरा गरे । प्रतियोगितामा ह्याट्रिक गर्ने थापा पहिलो खेलाडी हुन् ।

निकै प्रतिस्पर्धात्मक खेलको ५ औं मिनेटमा फ्रिकिक मार्फत गोल गर्दै चिल्ड्रेन लाईफलाई अग्रता दिलाएका बरदानले खेलको ४१ औं मिनेटमा गोल गर्दै अग्रतालाई दोब्बर बनाएका थिए ।

२–० गोलको अन्तरले पछि परेको आदर्शको लागि खेलको ४२ औं मिनेटमा सुजल शेरचनले डिबब्स बाहिरबाट किपर अगाडी बढेको अवस्थामा सुन्दर गोल गर्दै खेललाई १–२ को अवस्थामा पु¥याएका थिए । आदर्शको लागि खेलको ४६ औं मिनेटमा फ्रिकिक मार्फत युकेन खत्रीले गोल गर्दै खेललाई २–२ गोलको बराबरीमा पु¥याएका थिए ।

निर्धारित ५० मिनेटमा दुवै टिमले २–२ गोलको बराबरी भएपछि खेलमा १० मिनेट थप गरिएको थियो । थप गरिएको ८ औं मिनेटमा गोल गर्दै बरदानले चिल्ड्रेन लाईफलाई फाइनलमा प्रवेश गराए ।

आईतबार नै हुने भनिएको गरिमा माध्यमिक विद्यालय र न्यू ओयसिस एकेडेमी विचको दोस्रो सेमिफाइनल खेल बर्षातका कारण स्थगित भएको छ । उक्त खेल सोमबार विहान हुने जिल्ला फुटबल संघका महासचिव रेशम गोतामेले जानकारी दिनुभयो । उहाँले सोमबार दिउँसो प्रतियोगिताको फाइनल खेल हुने बताउनुभयो । गरिमा माध्यमिक विद्यालय र न्यू ओयसिस एकेडेमी विचको खेलको विजेताले उपाधिको लागि चिल्ड्रेन लाईफसंग खेल्नेछ ।

प्रतियोगिताको विजेता टिमले २५ हजार रुपैयाँ र उपविजेताले १५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्ने अध्यक्ष जय राजभण्डारीले जानकारी दिनुभयो ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here