बागलुङ, ३० भदौ । बागलुङमा जारी अन्तर माध्यमिक विद्यालय (+१०)स्तरीय फुटबल प्रतियोगिताको सेमिफाइनल समिकरण पुरा भएको छ ।
प्रतियोगिताको दोस्रो दिन शनिबार क्वाटरफाइनल खेलमा विजयी हुँदै चिल्ड्रेन लाईफ बोर्डिङ स्कुल, आदर्श विद्यामन्दिर बोर्डिङ, गरिमा माध्यमिक विद्यालय र न्यू ओयसिस एकेडेमी सेमिफाइनलमा प्रवेश गरेका छन् ।
पहिलो क्वाटरफाइनल खेलमा चिल्डे«न लाईफले रुद्रेपिपल माध्यमिक विद्यालयलाई टाइब्रेकरमा ५–४ गोलअन्तरले पराजित गर्दै सेमिफाइनलको यात्रा तय गर्यो । निर्धारित समयमा दुवै टिमबाट १–१ गोलको बराबरी भएपछि खेल टाइब्रेकरमा पुगेको थियो । रुद्रेपिपलको लागि खेलको १६ औं मिनेटमा सौगात सुनारले गोल गर्दै अग्रता दिलाएपनि चिल्ड्रेन लाईफको लागि खेलको ३८ औं मिनेटमा रिदिश क्षेत्रीले गोल गर्दै खेललाई बराबरीमा पु¥याएका थिए । टाईब्रेकरमा चिल्ड्रेन लाईफको लागि बरदान थापा, सक्षम श्रेष्ठ, रिदिश क्षेत्री, प्रतिक थापा र विशाल थापाले गोल गरेका थिए । रुद्रेपिपलको लागि सौगात सुनार, नारायन पौडेल, विरेन्द्र बोसेल र चन्दन माझीले गोल गरेभने सुमन माझीको प्रहार गोलबारमा लाग्दै बाहिरिएको थियो ।
यस्तै दोस्रो क्वाटरफाइनल खेलमा आदेश खत्रीको एक मात्र गोलको मद्धतमा आदर्श विद्यामिन्दर बोर्डिङले गुराँस विद्या सदनलाई १–० गोलअन्तरले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ । आदेशले खेलको ३२ औं मिनेटमा गोल गरेका थिए । तेस्रो क्वारटफाइलन खेलमा गरिमा माध्यमिक विद्यालयले सिदार्थ शिक्षा सदनलाई सडनडेथमा ४–३ गोलअन्तरले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ । निर्धारित ५० मिनेटको समयमा गोलरहित बराबरी भएपछि खेल टाईब्रेकरमा धकेलिएको थियो । टाईब्रेकरमा समेत ३–३ को बराबरी भएपछि खेलको निर्णय सडन डेथबाट निकालिएको हो । सडन डेथमा सिदार्थका सचिन रावलले गोल गरेनन् भने गरिमा माविका लागि परिनले प्रहार गरेको पेनाल्टी गोलमा परिणत भयो ।
चौथो क्वाटरफाइनल खेलमा टाईब्रेकरमा न्यू ओयसिस एकेडेमीले अमर आदर्श माध्यमिक विद्यालयलाई ४–३ गोलअन्तरले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ । निर्धारित ५० मिनेटको समयमा गोलरहित बराबरी भएपछि खेल टाईब्रेकरमा धकेलिएको थियो । टाईब्रेकरमा न्यू ओयससको लागि कप्तान सिजन पुन, मनिष खत्री, कपिल सापकोटा र मिजन खड्काले गोल गरेभने अमर आदर्शको लागि अनिश केसी, मिलन खड्का र रिजन रोकाले गोल गरेका थिए ।
जिल्ला फुटबल संघ बागलुङले आयोजना गरेको प्रतियोगिता अन्तरगत भोली (शनिबार) सेमिफाइनलका खेलहरु हुने महासचिव रेशम गोतामेले जानकारी दिनुभयो । आईतबार पहिलो सेमिफाइनल खेल चिल्ड्रेन लाईफ बोर्डिङ र आदर्श विद्यामन्दिर बोर्डिङ र दोस्रो सेमिफाइनल खेल गरिमा माध्यमिक विद्यालय र न्यू ओयसिस एकेडेमीका विच हुने महासचिव गोतामेले जानकारी दिनुभयो ।
असोज १ गतेसम्म संचालन हुने प्रतियोगिताको विजेता टिमले २५ हजार रुपैयाँ र उपविजेताले १५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्ने अध्यक्ष जय राजभण्डारीले जानकारी दिनुभयो ।