बागलुङमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

बागलुङ, ४ भाद्र । बागलुङको गलकोट नगरपालिकामा आईतबार राती मोटरसाइकल दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ ।

नरेठाँटीबाट हटिया बजार आउँदै गरेको ग ८ प १२२५ नम्बरको मोटरसाइकल आईतबार राती गलकोट नगरपालिका–३ हटियाको बतासेडाँडामा दुर्घटना हुँदा हटिया बजारका २८ बर्षिय गणेश परियारको घटनास्थलमै मृत्यु भएको ईलाका प्रहरी कार्यालय गलकोटले जनाएको छ ।

मृत्तक परियार हटिया बजार स्थित गलकोट मोटरसाईकल रिपेरिङ सेन्टरका सञ्चालक हुन । परियारको शव पोष्टमार्टमको लागि गलकोट नगर अस्पतालको शव गृहमा लगिएको प्रहरीले जनाएको छ ।

प्रहरीले दुर्घटनाको कारण खुल्न नसकेको र अनुशसन्धान भइरहेको जनाएको छ ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here