
बागलुङ, ११ असार । गण्डकी प्रदेशस्तरीय पुरुष कबड्डी प्रतियोगितामा बागलुङ उपविजेता (दोस्रो) बनेको छ ।
प्रदेश खेलकुद परिषद गण्डकीको आयोजना तथा गण्डकी प्रदेश कबड्डी संघको ब्यवस्थापनमा शनिबार पोखरामा सम्पन्न फाइनलमा कास्कीसँग पराजित हुँदै बागलुङले उपविजेतामा चित्त बुझाएको छ । फाइनलमा कास्कीले बागलुङलाई २९ का विरुद्ध ३९ अंकले कास्कीले पराजित गरेको हो ।
उपाधि संगै कास्कीले नगद रु २५ हजार हात पारेको छ भने बागलुङले नगद २० हजारका साथमा ट्रफी, मेडल तथा प्रमाणपत्र हात पारेको छ ।
प्रतियोगितामा म्याग्दी र तनहुँ जिल्लाले तेश्रो स्थान प्राप्त गरेका छन् । उनीहरुले जनही नगद रु १०र१० हजारका साथमा ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गरे । सेमीफाइनलमा बागलुङले म्याग्दीलाई र कास्कीले तनहुँलाई पराजित गर्दै फाइनलमा प्रवेश गरेका थिए ।
प्रतियोगितामा सुपर रेड गरेका कास्कीका दिल बहादुर मगरलाई नगद २ हजार ५ सय प्रदान गरिएको थियो । उनले एक खेलमा एक्लैले ७ अंक बटुलेका थिए ।
प्रप्रतियोगितामा कास्की, बागलुङ, नवलपुर, गोर्खा, तनहुँ, स्याङजा, म्याग्दी र पर्वत जिल्ला गरी ८ टिमको सहभागिता रहेको थियो ।