काठेखोला–५ बिहुँमा जीप दुर्घटनाः दुई जनाको मृत्यु

बागलुङ, ६ असार । बागलुङको काठेखोला गाउँपालिका–५ बिहुँ ठुलढुङ्गामा बुधबार विहान जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

गलकोटदेखि बागलुङ बजार आउँदै गरेको ग १ च ९४८५ नम्बरको जीप दुर्घटना हुँदा घटनास्थलमै दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक मदन केसीले जानकारी दिए । प्रनाउ केसीले मृतक दुवै जना पुरुष रहेको र परिचय नखुलेको बताए ।

जीप मध्यपहाडी (पुष्पलाल) लोकमार्गदेखि ५ सय मिटर तल खसेको प्रनाउ केसी बताए । केसीले घटनास्थलमा उद्धारको लागि प्रहरीको टोली पुगिसकेको बताए ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here