आज ४ आषाढ २०८० सोमवारको राशिफल

आज ४ आषाढ २०८० सोमवारको राशिफल
– ज्यो.प. नारायणप्रसाद दुलाल

आजको राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आज कुनै न कुनै कुराले मनमा शान्ति छाउनेछ । आर्थिक क्षेत्रमा राम्रो सफलता मिल्ला । अन्योलका बीच उन्नतिको मार्ग पनि भेटिनेछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
आज मानसिक शान्ति मिल्नेछ । महिला वर्गबाट विशेष सहयोग मिल्नेछ । दाम्पत्य सुखले प्रफुल्लित भइनेछ । वैदेशिक कार्य पनि अघि बढ्नेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
नयाँ सवारी साधन प्राप्तिको योग छ । दिनको उत्तरार्ध अधिक सुखद् रहनेछ । शुभकार्यको चर्चा चल्नेछ । प्रेम प्रस्ताव समेत प्राप्त हुनसक्छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
आज कार्यमा अवरोधका साथै स्वास्थ्यमा पनि प्रतिकूलता रहन सक्ने देखिन्छ । नजिकको व्यक्तिबाट धोका मिल्नसक्छ सचेत रहनुहोला ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आज लक्ष्मी प्रसन्न हुने योग छ । महत्त्वपूर्ण कामको थालनी हुनेछ । सामाजिक क्षेत्रमा सफलता मिल्नेछ । नयाँ व्यक्तिसँग भेटघाट पनि हुनेछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
आज धार्मिक यात्राको योग छ । आतिथ्यपूर्ण सम्मान पाइएला । नयाँ कमको थालनी हुनेछ । सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै लाभ हुनेछ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
आज धार्मिक कार्य सफल रहनेछ । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । बौद्धिक काममा सफलता मिल्नेछ । प्रेम सम्बन्ध पनि कसिलो होला ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आज राजनैतिक कार्यमा बाधा आउनसक्छ । घाँटीमा समस्या आउला, तर सामाजिक र धार्मिक कार्यबाट सफलता मिल्नेछ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
आज आफन्त वा मित्रबाट विशेष सहयोग मिल्नेछ । शुभ कार्यमा सरिक भइनेछ । व्यवसायका लागि यात्राको सम्भावना पनि छ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)
सामाजिक कार्यमा रुचि जाग्नुका साथै पारिवारिक सुख मिल्ने देखिन्छ । आँटेको र ताकेको कार्य पुरा होला । बोलीको प्रभाव पनि बढ्नेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
प्रेम र मित्रताको बन्धन कसिने बेला छ । काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ । नयाँ कार्यको योजना बन्नेछ । शुभकार्यको चर्चा चल्नेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
खानपिनमा बढी सावधानी अपनाउनु पर्नेछ । आँटेको काममा ढिलासुस्ती हुनसक्छ, तर अभिभावकको सुझावले उचाइमा पुर्‍याउन सहयोग गर्नेछ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here