आज ३१ जेठ २०८० बुधवारको राशिफल

आज ३१ जेठ २०८० बुधवारको राशिफल
– ज्यो.प. नारायणप्रसाद दुलाल

आजको राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
सामान हराउने वा चोरी हुने सम्भावना छ । शुभ चिन्तकहरूको सुझावलाई बेवास्ता गर्दा दुःख पाइन सक्छ र दैनिक काममा अवरोधको सामना गर्नुपर्छ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
आज आफूलाई मन लागेको कुरा खरिद गर्न सकिन्छ । आफन्तले काममा सहयोग गर्नेछन् । कसैकसैका लागि सन्तान प्राप्तिको योग पनि छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
शुभकार्यको चर्चा चल्नेछ । रोकिएका काम पुनः सुरु हुन सक्छन् । धार्मिक यात्रा गर्ने अवसर प्राप्त हुनेछ । परिवारका सदस्यहरूसित भेटघाट हुनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
आज कुनै कुराले मनमा शान्ति छाउनेछ । शुभकार्यको चर्चा चल्नेछ । बन्दव्यापार र पेसाव्यवसायका क्षेत्रमा उन्नति प्रगतिको वातावरण बन्नेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आफन्त सँग मनमुटाव बढ्ला । स्वास्थ्यमा समस्या देखापर्ला अतः सचेत रहनु होला । मानसिक चिन्ता र आफूलाई कमजोर भएको अनुभूति हुनेछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
रमाइलो यात्राको सम्भावना छ र त्यसबाट दीर्घकालिक फाइदा पुग्नेछ । लामो समयदेखि रोकिएका अधुरा कामहरू पुरा हुनेछन् । स्वास्थ्य सबल रहनेछ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
आज अधिकार प्राप्तिका लागि गरिएको प्रतिस्पर्धामा विजयी भइनेछ । बुद्धिको उपयोग गर्नाले जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्छ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
लाभदायक यात्राको सम्भावनालाई नकार्न सकिँदैन । एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । नोकरी गर्नेले मानसम्मान पाउने छन् ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
धर्मसंस्कृतिका सभासमारोहमा सरिक हुने सम्भावना छ । जटिल ठानिएको काम सम्पादन हुनसक्छ । प्रतिस्पर्धामा सफलता मिल्न सक्छ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)
आज परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइनेछ । चिताएको कामले तीव्रता लिनेछ । सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान मिल्नेछ ।\
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
हर्ष र प्रसन्नताका बीचमा समय व्यतीत हुनेछ । सम्पत्ति लाभ गर्न अनुकूल प्रयास हुनेछन् । सहयोगीको सङ्गतले फाइदा हुने काम गरिनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
आज सानातिना समस्यामा अल्झिनुपर्ने देखिन्छ। वैदेशिक क्षेत्रका कामहरू अधुरै रहनसक्छ । स्वास्थ्य प्रति सजग रहन बढी जरूरी छ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here