
स्याङ्जा, २४ जेठ । अर्जुनचौपारी गाउँपालिका-३ खोलेमा भएको गाडी दुर्घटनाममा गम्भीर घाइते भएका चालकको मृत्यु भएको छ । घाइते भएका तीन जना खतरामुक्त रहेको बताइएको छ ।
प्रहरीका अनुसार दुर्घटनामा चालक ३५ वर्षीय अमृत खनालको मृत्यु भएको हो । दुर्घटनामा जिल्ला समन्वय समितिका अधिकारी राजेन्द्र पौडेल, विद्युत सुपरभाइर टिकाराम पौडेल र अम्बिका पौडेल घाइते भएका छन् ।
शिरुबारीबाट खोले हुँदै रापाकोट जानेक्रममा बा१झ ५८७८ नम्बरको गाडी सडकभन्दा करिब ५० मिटर तल खसेको थियो ।










