अवैधरुपमा बालुवा उत्खनन् गर्ने ट्याक्टर नियन्त्रणमा

बागलुङ, १० जेठ । बागलुङ जिल्लाको बागलुङ नगरपालिका–१ खनियाघाटबाट अवैध रुपमा ढुङ्गा, गिट्टी, बालुवा उत्खनन् गर्ने आठ ट्याक्टर नियन्त्रणमा परेका छन् ।

खनियाघाट स्थित कालिगण्डकी नदी किनारमा मंगलबार राती ८ बजे अवैध रुपमा ढुङगा, गिट्टी, बालुवा उत्खनन् गर्दैगर्दा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले ध १ त ३३५, ध १ त ३४३, ध १ त ३८८, ध १ त ५८९, ध १ त ४६७, ध १ त २१३, ध १ त २४१ र लु ५ त १२६७ नम्बरको ट्याक्टर नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायव उपरीक्षक मदन के.सी.ले बताए ।

नियन्त्रणमा लिइएका ट्याक्टरलाई आवश्यक कारबाहीका लागि बुधबार बागलुङ नगरपालिकामा पठाइएको प्रनाउ केसीले बताए ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here