
काठमाडौं, ९ जेठ । आगामी महिना जिम्बावेमा आयोजना हुने आइसीसी विश्वकप छनोटको खेल तालिका घोषणा भएको छ ।
आइसीसीले मंगलबार खेलतालिका प्रकाशन गरेको हो । खेल तालिकाअनुसार प्रतियोगिताको उद्घाटन १८ जुन अर्थात असार ३ मा हुनेछ ।
उद्घाटन खेलमा आयोजक जिम्बावे र नेपालबीच खेल हुनेछ । दोस्रो खेलमा २० जुन अर्थात् असार ५ मा अमेरिकासँग खेल्ने नेपालको तेस्रो खेल वेस्ट इन्डिजसँग २२ जुन ÷ असार ७ मा रहेको छ । नेपालले समूह चरणको अन्तिम खेलमा सँग २४ जुन असार ९ मा खेल्नेछ ।
जिम्बावेविरुद्ध १८ जुन अर्थात् असार ३ मा हुने खेल टेस्ट राष्ट्रविरुद्ध नेपालको पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय (ओडिआई) मान्यता प्राप्त खेल पनि हुनेछ ।