
बागलुङ, ७ जेठ । इमेज बचत तथा ऋण सहकारी संस्था लिमिटेड बागलुङकाका अध्यक्ष देवकुमार नेपाली सम्पर्क बिहिन भएका छन् । सहकारीको कारोवारका कारण आँफुलाई मानसीक तनाव भएको भन्दै प्रहरीलाई परिवारको सुरक्षा गरिदिन आग्रह गरेर नेपाली सम्पर्कविहिन भएका हुन् ।
उनी गत शुक्रबारदेखि सम्पर्कमा छैनन् । नेपालीले इलाका प्रहरी कार्यालय बुर्तिबाङमा आँफु मानसिक तनावका कारण उपचारका लागि जानुपर्ने भएको र परिवार असुरक्षीत रहेको भन्दै सुरक्षाका लागि आग्रह गरेका थिए ।
नेपाली सम्पर्क बिहिन भएपछि प्रहरीले खोजि गरी रहेको छ । अध्यक्ष नेपालीले मोबाइल बन्द गरेका छन् ।
उनी फरार हुनसक्ने भन्दै उजुरी परेपछि खोजीका लागि गृह मन्त्रालयमा पत्राचार गरिएको प्रमुख जिल्ला अधिकारी रोशनी कुमारी श्रेष्ठले बताईन् ।
‘उहाँको फोन सम्पर्कमा छैन्, भाग्न सक्ने भन्दै बचतकर्ताहरुको उजुरी आएपछि हामिले गृहलाई जानकारी गराएका छौं’ श्रेष्ठले भनिन् ‘परिवारको सुरक्षा माग्दै उहाँले प्रहरीलाई निवेदन दिनुभएको रहेछ ।’ अध्यक्ष नेपाली जेठ १ गते बागलुङ बजारबाट बुर्तिबाङ गएका थिए ।
शुक्रबारदेखि अध्यक्ष नेपाली सम्पर्कविहिन भएपछि नेपालीको बारेमा खोजतलास भइ रहेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी उपरीक्षक योगेन्द्र खड्काले जानकारी दिए ।
नेपालीका गाडी चालक पनि सम्पर्कविहिन छन् । अध्यक्ष नेपाली सपरिवार भागेको आशंका गरिएको छ । सहकारीका अरु संचालकहरुले मोबाइल अफ गरी सम्पर्कविहिन भएका छन् ।
उनी सम्पर्क बिहिन भएको खवर पाएपछि सहकारीका बचत कर्ताले इमेज बचत तथा ऋण सहकारीको बागलुङ कार्यालयमा घेराउ गरेका छन् । ढोरपाटन नगरपालिकाका प्रमुख समेत रहेका नेपाली सम्पर्कमा नहुँदा नगरवासी मर्कामा छन् ।