
बागलुङ, ३० बैशाख । प्रेस सेन्टर नेपाल बागलुङको १५ औं बार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ ।
गल्कोट नगरपालिका–३ हटियामा भएको साधारणसभाको उद्घाटन पछि बोल्दै प्रेस सेन्टर नेपालका केन्द्रिय महासचिव सन्तोष पौडेलले भुटानी शरणार्थी, भष्ट्रचारको विषय प्रधानमन्त्रीले सरकारले उठाएको कदममा उच्चताका साथ दिनुपर्ने बताउनुभयो । पत्रकारको न्युनतम पारपश्रमिलभउक व्यवस्थापन र पत्रकारिता पेशा प्रतिको निरन्तरता,पत्रकारको संरक्षण, व्यवस्थापनमा प्रेस सेन्टर लागिरहेको बताउनुभयो ।
कार्यक्रममा नेकपा माओवादी केन्द्र बाग्लुङ जिल्ला इन्चार्ज बलावती शर्माले पत्रकारिताको महत्व वर्तमानमा झनै बढेकोले पत्रकार निष्पक्ष हुनुपर्ने बताउदै राष्ट्रिय राजनीतिमा भएका भष्ट्रचारका काण्डहरुलाई थप पेचिलो बनाउन पत्रकारको महत्वपूर्ण भुमिका हुने बताउनुभयो । उहाँले अहिले पत्रकार र पत्रकारिता पेशामा विभिन्न समस्याहरु रहेकोले ती समस्या छलफल गरि समाधान गर्नुपर्ने जोड दिनुभएको थियो ।
कार्यक्रममा नेकपा माओवादी केन्द्र गण्डकी प्रदेश उपाध्यक्ष ज्ञामनाथ गैरे, प्रेस सेन्टर नेपाल केन्द्रिय लेखा समिति सचिव अमृतराज उपाध्याय, केन्द्रिय सदस्य मुकशचन्द्र राजभण्डारी, प्रेस सेन्टर गण्डकी प्रदेश अध्यक्ष अर्जुन काफ्ले, बागलुङ नगरपालिका उपप्रमुख राजु खड्का, ताराखोला गाउँपालिका अध्यक्ष धन बहादुर वि.क (हिमाल), नेकपा माओवादी केन्द्र गलकोट नगर अध्यक्ष चन्द्रदत्त रेग्मी, नेपाल पत्रकार महासंघ बागलुङका उपाध्यक्ष सरिता खत्री, प्रेस युनियन बागलुङका उपाध्यक्ष संगम घर्ती, प्रेस चौतारी बागलुङका सचिब कमल पौडेल लगायतले शुभकामना मन्तब्य राख्नुभएको थियो ।
वार्षिक साधारणसभाको अवसरमा प्रेस सेन्टर बागलुङले स्थापना गरेको श्याम चन्द्रकली स्मृति पत्रकारिता पुरस्कारबाट ढोरपाटन राष्ट्रिय दैनिक पत्रिकाका कार्यकारी सम्पादक रामकृष्ण बोहरा र भक्त जगकुमारी स्मृति पत्रकारिता पुरस्कारबाट सामुदायिक रेडियो गल्कोट एफ एमका स्टेशन प्रमुख जीवनकला खत्री (सरिता)लाई १०/१० हजार नगद राशी पुरस्कार सहित सम्मान गरिएको थियो ।
प्रेस सेन्टर नेपाल बागलुङका अध्यक्ष थमन थापाको अध्यक्षतामा सम्पन्न भएको बार्षिक साधारणसभाको स्वागत उपाध्यक्ष सज्जन कुमार सिंह र संचालन सचिव अनिश खातीले गर्नुभएको थियो ।











