सवारी चालक र परिचालकलाई ट्राफिक नियमसम्बन्धी प्रशिक्षण

तिल कुमारी के.सी.
बागलुङ, २९ बैशाख ।ट्राफिक सप्ताहको अवसरमा जिल्ला ट्राफिक प्रहरी कार्यालय बागलुङले बिहिवार सवारी चालक तथा सहचालकहरुलाई ट्राफिक नियम सम्बन्धी प्रशिक्षण दिएको छ ।

बागलुङ नगरपालिकाका वडां नं. ३ चिप्लेरी बसर्पाकमा जिल्ला ट्राफिक प्रहरी कार्यालयका कार्यालय प्रमुख प्रहरी बरिष्ट नायव निरीक्षक मिन बहादुर खड्का सहितको टोलीले सवारी चालक र सहचालकलाई सडक अनुशासन तथा सवारी दुर्घटना न्युनिकरण सम्बन्धी प्रशिक्षण दिएका थिए । प्रशिक्षण कार्यक्रममा बोल्दै बागलुङ नगरपालिकाका वडा नं. ३ का वडा अध्यक्ष सनी केसीले ट्राफिक कार्यालयले ट्राफिक सप्ताहको आयोजना गरेर सडक दुर्घटना न्यूनिकरणको लागि महत्वपूर्ण सुरुवात गरेको बताए ।

कार्यक्रममा धवलागिरी अञ्चल यातायात सेवा प्रा. लि. का अध्यक्ष बलराम सापकोटा, गौरीधाम यातायात सेवा प्रा. लि.का अध्यक्ष युवराज वि.क. र जिल्ला प्रहरी कार्यालयका प्रमुख निरिक्षक वसन्त कुमार भुजेलले मन्तव्य राखेका थिए ।
कार्यक्रममा लामोदुरीका तथा छोटो दुरीमा चल्ने बस, अटोरिक्साहरुलाई स्टिकर टाँस गरिएको थियो । यस्तै सप्ताहको अवसरमा बागलुङ नगरपालिका–१ रामरेखामा रहेको कालिका भगवती मन्दिर गेट अगाडी सवारी तिब्र गती नियन्त्रण, ओभरटेक, भाडा अनुगमन गरिएको थियोभने चालक र परिचालकहरुलाई पोशाक वितरण गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका कार्यालय प्रमुख खड्काले जानकारी दिए ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here