करणलाई वर्ष उत्कृष्ट खेलाडी अवार्ड

पोखरा, २३ बैशाख । राष्ट्रिय क्रिकेट टोलीका महत्वपूर्ण सदस्य फाष्ट बलिङ अलराउण्डर करण केसी वर्ष उत्कृष्ट खेलाडी घोषित भएका छन् ।

पोखरा स्पोर्टस् अवार्डमा क्रिकेटर केसीलाई वर्ष उत्कृष्ट पुरुष खेलाडीको अवार्ड प्रदान गरिएको छ । केसीले इलेक्ट्रिक स्कुटर सहित ट्रफि प्राप्त गरेका छन् ।

नेपाल खेलकुद पत्रकार मञ्च, गण्डकीले बर्षेनी अवार्ड वितरण गर्दै आइरहेको छ । उत्कृष्ट ३ मा केसीसँगै आर्चरीका गंगाबहादुर कुँवर र टेनिसका प्रदीप खड्का मनोनयनमा परेका थिए ।

बागलुङका केसी नेपाली पुरुष क्रिकेट टिमका प्रमुख खेलाडी हुन् । केसीले हालै नेपालमा सम्पन्न एसीसी प्रिमियर कपको उपाधि जित्दा महत्वपूर्ण प्रदर्शन गरेका थिएभने नेपाललाई विश्वकप छनोटमा सोझै स्थान बनाउन समेत उत्कृष्ट प्रदर्शन गरेका थिए ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here