प्रथम जेसिज कप फुटबलः उपाधिको लागि श्री मेहर र बिर गोर्खाली भिड्ने

बागलुङ, २१ बैशाख । बागलुङमा जारी प्रथम अर्ना जेसिज कप २०२३ फुटबल प्रतियोगिताको उपाधिको लागि नेपाली सेनाको श्री मेहर गण घोडाबाधे व्यारेक र बिर गोर्खाली युथ क्लब भिड्ने भएका छन् ।

बिहिबार भएको पहिलो सेमिफाइनल खेलमा श्री मेहर गणले कालीपुल युनाइटेड क्लब बेनीलाई १–० र दोस्रो सेमिफाइनल खेलमा बिर गोर्खाली युथ क्लबले चिल्ड्रेन लाईफ स्पोट्र्स क्लबलाई ३–२ गोलअन्तरले पराजित गर्दै फाइनलमा प्रवेश गरेका छन् ।

श्री मेहरलाई फाइनलमा पु¥याउनको लागि लेफ्ट विङगर दिशान्त राईले ६३ औं मिनेटमा गरेको गोलनै निर्णायक बन्यो । खेलमा कालीपुल युनाईटेड र श्री मेहरका खेलाडीले गोल गर्ने थुप्रै अवसर पाए पनि खेर फालेका थिए ।

यस्तै दोस्रो सेमिफाइनल खेलमा बीर गोर्खाली युथ क्लबले सनसनीपूर्ण जित निकाल्दै फाइनल प्रवेश गरेको हो । दुई गोलले पछि परेको बीर गोर्खालीले खेलको अन्तिम समयमा ५ मिनेटमा तीन गोल गर्दै फाइनलमा स्थान पक्का गरेको हो ।

चिल्ड्रेनका दिवस छन्त्यालले खेलको २४ औं मिनेटमा गोल गर्दै टिमलाई पहिलो हाफमा १–०को अग्रता दिलाएका थिए । ८० मिनेटमा खेलाइएको सेमिफाइनल खेलमा दोस्रो हाफको सुरुवातमै खेलको ४२ औं मिनेटमा चिल्ड्रेनका नाइजेरियन स्ट्राइकर जोन ग्लोरीले गोल गर्दै टिमको अग्रता दोस्रो बनाएका थिए । दोस्रो हाफमा आक्रमण खेल प्रस्तुत गरेको बिर गोर्खालीले खेलको ७२ औं मिनेटमा मिलन साङत्यानले गोल गर्दै अग्रतालाई २–१ मा झारेका थिए । बिर गोर्खालीका सुशिल थापाले ७४ औं मिनेटमा गोल गर्दै खेललाई २–२ गोल बराबरीमा ल्याएपछि पुनः मिलनले खेलको ७६ औं मिनेटमा डिबक्स बाहिरबाट सेकेण्ड बारमा उत्कृष्ट गोल गर्दै फाइनल यात्रा सुनिश्चित गरे ।

फाइनल खेल शुक्रबार खेल हुनेछ । बागलुङ जेसिजले आयोजना गरेको प्रतियोगिताको विजेताले नगद १ लाख र उपविजेताले ७५ हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै प्रतियोगिताका उत्कृष्ट खेलाडी, गोलरक्षक, रक्षक, मिडफिल्डर, स्टाइकरले विधागत पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here