अर्ना जेसिज कप फुटबल प्रतियोगिताको उद्घाटन

बागलुङ, १७ बैशाख । बागलुङमा अर्ना जेसिज कप २०२३ फुटबल प्रतियोगिताको आईतबार उद्घाटन गरिएको छ ।

जेसिज बागलुङले आयोजना गरेको प्रतियोगिताको पहिलो दिन उद्घाटन समारोह सहित ट्रफि सार्वजनिक गरिएको छ । प्रतियोगिताका खेलहरु सोमबारदेखि हुने आयोजनले जनाएको छ ।

प्रतियोगिताको उद्घाटन गर्दै जिल्ला समन्वय समिति बागलुङका संयोजक अमर बहादुर थापाले जेसिजले युवाहरुको व्यक्तित्व विकासको लागि काम गर्दै आएको बताउँदै खेलकुदबाट युवाहरुलाई प्रोत्साहन गर्नु सुखद कार्य भएको बताउनुभयो । संयोजक थापाले खेलकुदले देशका सवै नागरिकहरुलाई जोड्ने बताउँदै नेपालको खेल हुँदा सवै काम छोडेर आफुले हेर्ने गरेको बताउँदै जिल्लामा सुस्ताएको खेलकुद गतिविधिलाई जेसिज कपले पुनः चलायमान बनाउने बताए ।

उद्घाटन समारोहमा संयोजक थापाले प्रतियोगिताको विजेता र उपविजेताले प्राप्त गर्ने ट्रफि सार्वजनिक गरेका थिए ।

संयोजक थापाले खेलकुदमा स्रोत र साधन नहुँदा प्रतियोगिता संचालनमा आयोजकलाई गाह्रो हुने गरेको गुनासो सुन्दै आएको बताउँदै स्थानीय तह र सरकारी निकायहरुले खेलकुदमा बजेट विनियोजित गरेर युवाहरुलाई खेलमा लाग्न प्रोत्साहन गर्नुपर्ने बताए ।

उद्घाटन कार्यक्रममा जिल्ला प्रशासन कार्यालय बागलुङका प्रशासकीय अधिकृत दिनेश शर्मा, जिल्ला खेलकुद विकास समिति बागलुङका अध्यक्ष कुमार खड्का र उद्योग बाणिज्इ संघ बागलुङका द्धितिय उपाध्यक्ष संजयकुमार श्रेष्ठले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

जेसीज वर्ष २०२३ का अध्यक्ष सौरभ श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको उद्घाटन समारोहको स्वागत प्रतियोगिताका मुल संयोजक सौरभ खत्री र संचालन महासचिव अन्जिला श्रेष्ठले गरेकी थिइन ।

बैशाख २२ गतेसम्म संचालन हुने प्रतियोगितामा साविकको धौलागिरी अञ्चलका ११ टिमले सहभागिता जनाएका छन् । आयोजकले आईतबार टाइसेट (खेल समय) सार्वजनिक गर्दै प्रतियोगिता नकआउट चरणमा हुने जनाएको छ । सोमबार प्रतियोगिताको पहिलो खेल भीमापोखरा खेलकुद विकास समिति विरुद्ध गुठी युनाइटेड, दोस्रो खेल नवउत्साही क्लब विरुद्ध तमान युवा क्लबर तेस्रो खेल गुठी युथ क्लब विरुद्ध मनसुन फुड्स एण्ड एग्रो प्रोडक्स प्रा.लि. विच हुने मुल संयोजक खत्रीले बताए ।

प्रतियोगिताको विजेताले नगद १ लाख र उपविजेताले ७५ हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने मुलसंयोजक खत्रीले बताए । यस्तै प्रतियोगिताका उत्कृष्ट खेलाडी, गोलरक्षक, रक्षक, मिडफिल्डर, स्टाइकरले विधागत पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here