बसले किच्दा बागलुङमा एक पुरुषको मृत्यु

बागलुङ, १७ बैशाख । बागलुङमा बसले किच्दा एक जनाको मृत्यु भएको छ ।

बागलुङ नगरपालिका वडा नम्बर ३ चिप्लेटी बसपार्कमा आईतबार दिउँसो साढे चार बजे ग १ ख ९६२ नम्बरको बसले किच्दा एक पुरुषको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायव उपरीक्षक मदन केसीले बताए । मृत्तकको पहिचान नखुलेको प्रनाउ केसीले जानकारी दिए ।

बागलुङबाट पोखरा जानको लागि बस स्टाट गरेर बस अगाडी बढ्दा पछाडीको चक्काले किचेर घाईते भएका पुरुषलाई उपचारको लागि धौलागिरी अस्पताल बागलुङमा पु¥याएपछि अस्पतालले मृत्त घोषणा गरेको प्रनाउ केसीले बताए । मृत्तक पुरुष अघिपछि पनि बसपार्क वरीपरी देखिदै आएपनि स्थानीयले नाम र ठेगाना थाहा नभएको बताएपछि पहिचानको खोजी भइरहेको प्रनाउ केसीले बताए ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here