जनकल्याणमा विपन्न विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण

बागलुङ, १५ बैशाख । काठेखोला गाउँपालिका–२ भीमापोखराको जनकल्याण माध्यामिक विद्यालयका विद्यार्थीहरुलाई बिहिबार शैक्षिक सामाग्री वितरण गरिएको छ ।

भिएसओ नेपालको आर्थिक तथा प्राविधिक सहयोग र विवाईसी बागलुङको व्यवस्थापनमा सञ्चालित सिकाई परियोजना कार्यक्रमबाट जनकल्यणका १–५ कक्षाका १४ जना विपन्न विद्यार्थीहरुलाई शैक्षिक सामाग्री र १० जना युवा स्वयमसेवकलाई झोला, टिर्सट, टोपी, डायरी र कलम वितरण गरिएको सिकाई परियोजना ठूलीदिदी तिल कुमारी केसीले जानकारी दिनुभयो । विद्यार्थीहरुलाई झोला, विद्यालयको कपडा (ड्रेस), कपि र कलम वितरण गरिएको छ । उक्त अवसरमा कार्यक्रमको बारेमा युवा स्वयंसेवक अन्तरक्रिया कार्यक्रम समेत गरिएको थियो ।

कार्यक्रममा बोल्दै विवाईसी बागलुङका परियोजना संयोजक पोष्ट के.सी.ले विद्यार्थीहरुलाई सिकाइमा सहजिकरण गर्न र विद्यालय आउन प्रोत्साहन गर्नको लागि शैक्षिक सामाग्री वितरण गरिएको बताउनुभयो ।

कार्यक्रममा युवा स्वयमसेवक अन्तरक्रिया कार्यक्रममा भिएसओ नेपालका परियोजना संयोजक शख बहादुर बुढाथोकीले बिद्यालय र समुदाय एक आपसमा मिलेर काम गर्दा दुबैलाई फाइदा हुने बताउनुभयो । उहाँले कार्यक्रममा युवा स्वयंमसेवाको फाइदा र भूमिकाको बारेमा जानकारी गराउनुभएको थियो ।

जनकल्याण माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ऋषिराम शर्मा को अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको स्वागत प्रधानाध्याक लिलाराम सापकोटा र संचालन शिक्षक बिक्रम शर्मा ले गर्नुभएको थियो ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here