
बागलुङ, ११ वैशाख । जिल्ला प्रहरी कार्यालय बागलुङले गोबध कसुरका फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय बागलुङले गोबध कसुर मुद्दामा ५ महिना १७ दिन कैद सजाय तोकिएका फरार प्रतिबादी जैमिनी नगरपालिका–८ का २७ बर्षिय अगन बहादुर नेपालीलाई पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायव उपरीक्षक मदन केसीले बागलुङ जिल्ला अदालत बागलुङले २०६७ बैशाख १० गते गोबध कसुर मुद्धामा नेपालीलाई सजाय तोकिएपनि फरार रहँदै आएको बताए । उनले प्रहरी चौकी छिस्तीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको बताए ।
नेपालीलाई लगत कट्टा गर्नको लागि सोमबार बागलुङ जिल्ला अदालत बागलुङमा पठाइएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रनाउ केसीले जानकारी दिए ।










