
बागलुङ, १० बैशाख । बागलुङ जिल्लाको काठेखोला गाउँपालिका–१ एकपाटा (पुष्पलाल मध्यपहाडी लोकमार्ग)मा आईतबार जीप दुर्घटना हुँदा सवार चार जना घाईते भएका छन् ।
गलकोट नगरपालिका–३ हटियाबाट बागलुङ बजार आउँदै गरेको प्रदेश ३–०१–००३ च ८६२५ नम्बरको गाडी काठेखोला–१ एकपाटामा मध्यपहाडी लोकमार्गदेखि १० मिटर तल खस्दा चालक सहित चार जना घाईते भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायव उपरीक्षक मदन केसीले जानकारी दिनुभयो । प्रनाउ केसीले जीपमा सवार गलकोट नगरपालिका–३ हटियाकी ५२ बर्षिया नितु श्रेष्ठ, ५४ बर्षिय बिरबल श्रेष्ठ, ५९ बर्षिय कृष्ण श्रेष्ठ र चालक २६ बर्षिय अविशेक श्रेष्ठ घाईते भएको बताउनुभयो ।
घाईतेहरुको धौलागिरी अस्पताल बागलुङमा उपचार भइरहेको र उनीहरुको अवस्था सामान्य रहेको प्रनाउ केसीले बताउनुभयो । उहाँले ब्रेक फेल भएर जीप दुर्घटना भएको बताउनुभयो ।










