बागलुङको कुँडुलेमा स्कुल बस दुर्घटना

बागलुङ, ३ बैशाख । बागलुङको कुँडुलेमा शनिबार राति स्कुल बस दुर्घटनामा परेको छ ।

बागलुङ नगरपालिका–४ तिरुपतीचोकमा शनिबार राति १२ बजे लहरेपिपल माध्यमिक विद्यालयको ग १ झ १८७ नम्बरको बस दुर्घटना भएको हो ।

दुर्घटनामा मानवीय क्षति भने नभएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी निरीक्षक राजाराम खड्काले जानकारी दिनुभयो ।

चालकले मदिरा सेवन गरि बस चलाउँदा दुर्घटना भएको प्रहरीले बताएको छ । चालक गलकोट नगरपालिका–२ नरेठाटीका ३१ वर्षीय अर्जुन खत्रीलाई नियन्त्रणमा लिएको उहाँको भनाई छ ।

बागलुङदेखि पञ्चकोट जाँदै गर्दा बस अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here