धौलागिरि बेसक्याम्पमा कार्गो हेलिकप्टर दुर्घटना

पोखरा, २६ चैत्र । धौलागिरि बेसक्याम्पमा ‘हेली एभरेष्ट’को हेलिकप्टर दुर्घटना भएको छ।

दुर्घटनामा पाइलट प्रिया अधिकारी घाइते भएकी छन्। आइतबार पोखराबाट १२ बजेर ५ मिनेट जाँदा उडेको हेलिकप्टर आधार शिविरमा सामान पुर्‍याएर फर्कँदै गर्दा करिब २५ मिनेटपछि दुर्घटनामा परेको नेपाल नागरिक उड्डयन प्राधिकरणका सहप्रवक्ता ज्ञानेन्द्र भूलले बताए।

पाइलट अधिकारीको उद्धारका लागि पोखराबाट एयर डाइनेस्टिको हेलिकप्टर गएको भूलले जानकारी दिए। नाइनएनएएनबी कलसाइनको हेलिकप्टर दुर्घटनामा परेको हो। उक्त हेलिकप्टर बेसक्याम्पमा सामान लिएर पुगेको भनिएको छ ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here