
बागलुङ, १२ बागलुङ । चिल्ड्रेन लाईफ इङ्लिस बोर्डिङ स्कुल बागलुङका विद्यार्थीहरुले बागलुङ नगरपालिका–९ तित्याङका विद्यार्थीहरुलाई पोषाक सहयोग गरेका छन् ।
चिल्ड्रेन लाईफमा आधारभूत तहमा अध्ययनरत विद्यार्थीहरुले आईतबार तित्याङका ३ प्रथामिक विद्यालयका ८५ जना विद्यार्थीहरुलाई खेल पोषाक (स्पोटर्स डे«स) हस्तान्तरण गरेका हुन् । अितिरिक्त क्रियाकलाप गर्दा खर्च घटाएर जम्मा गरेको रकमले बानपा–९को तित्याङ प्राथमिक विद्यालय, इन्द्र प्राथमिक विद्यालय र सरस्वती प्राथमिक विद्यालयका विद्यार्थीहरुलाई पोषाक सहयोग गरेको चिल्ड्रेन लाईफ इङ्लिस बोर्डिङ स्कुलमा कक्षा ७ मा अध्ययनरत विद्यार्थी सिम्रन थापाले बताए ।
कार्यक्रममा बागलुङ नगरपालिका वडा नंं ९ तित्याङका वडा अध्यक्ष राजु थापाले संस्थागत विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरुमा सामाजिक कार्य प्रतिको चासो, भाव देख्दा एउटा सकारात्मक प्रभाव परेको बताउनुभयो । थापाले सामुदायिक विद्यालयमा विद्यार्थीहरुको शिक्षामा गुणस्तरीय ढंगले विकास गर्न वडा, विद्यालय व्यवस्थापन समिति, शिक्षक, अभिभावक, वडावासी सम्पुर्णले महत्वपुर्ण भूमिका निर्वाह गर्न आव्हान गर्नुभयो ।
कार्यक्रममा चिल्ड्रेन लाईफ इङ्लिस बोर्डिङ स्कुल व्यवस्थापन समितिका सदस्य सम्झना श्रेष्ठ, शिक्षक राजु राना, तित्याङ प्राथमिक विद्यालयका प्रधानाध्यापक कमला खड्का क्षत्री, इन्द्र प्राथमिक विद्यालयका प्रधानाध्यापक विन्दु शर्मा, सरस्वती प्राथमिक विद्यालयका प्रधानाध्यापक चिजा थापा मगर, चिल्ड्रेन लाईफ इङ्लिस बोर्डिङ स्कुलमा कक्षा ६ मा अध्ययनरत विद्यार्थी एन्जल अधिकारी लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रमको सञ्चालन चिल्ड्रेन लाईफ इङ्लिस बोर्डिङ स्कुल बागलुङका शिक्षक दिपक सुवेदी र शिक्षक एलिना ओलीले गर्नुभएको थियो ।
चिल्ड्रेन लाईफका कक्षा ६, ७ र ८ का विद्यार्थीहरुले जन्मदिनमा चकलेट, केटक तथा अन्य कार्यक्रमबाट बचेको पैसालाई बनभोज लगायतका क्रियाकलापमा खर्च नगरी विपन्न परिवारका बालबालिकालाई आवश्यक अनुसारको सामाग्री सहयोग गर्दै आएका छन् ।