काठेखोलाका अध्यक्ष र उपाध्यक्ष स्काउटद्वारा दीक्षित

खिम बहादुर कार्की
बागलुङ, १२ चैत । बागलुङको काठेखोला गाउँपालिका अध्यक्ष र उपाध्यक्ष सहित शिक्षकहरुले स्काउटको दीक्षा ग्रहण गरेका छन् ।

काठेखोला गाउँपालिकाका अध्यक्ष राजु थापा, उपाध्यक्ष तेज बहादुर थापा, शिक्षा शाखा प्रमुख रमा उचै, वडा नम्बर २ भीमापोखराको जनकल्याण माध्यमिक विद्यालयका शिक्षक सुशिल गौतम र सम्झना शर्माले काठेखोला गाउँपालिका स्थानीय स्काउटद्वारा आयोजित दीशा तथा पोषाक वितरण कार्यक्रममा स्ववाचन गरी दीक्षा ग्रहण गरेका हुन् । उनीहरुलाई नेपाल स्काउट स्काउट गण्डकी प्रदेश सदस्य तथा सदस्यता वृद्धि सम्योजक सागर पौडेलले दीक्षित गराउनुभएको थियो ।

दीक्षान्त पश्चात मन्तव्य राख्दै काठेखोला गाउँपालिकाका अध्यक्ष राजु थापाले नेपाल स्काउट युवाहरुलाई नैतिक शिक्षा, अनुशासन र राष्ट्र प्रेम सिकाउने संस्था रहेकोले त्यसको लागि पालिकाले साथ दिने बताउनुभयो ।

उहाँले राष्ट्रिय अन्तराष्ट्रिय रुपमा पहिचान बोकेको संस्थालाई पालिकामा अगाडी बढाउन सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

अध्यक्ष थापाले बालबालिकाहरुको सर्वाङ्गिण बिकासमा बिद्यालय तहमा स्काउटिङ शिक्षा अत्यावश्यक रहेको र आगामी आर्थिक बर्षमा पालिका भित्रका सबै बिद्यालय हरुमा स्काउट संचालन गर्नका लागि स्काउट आधारभुत तालिम संचालन गर्न आवश्यक बजेटको बिनियोजन गर्ने बताउनुभयो ।

यस्तै गाउँपालिका उपप्रमुख तेज बहादुर थापाले बिपतको घडी तथा सामाजिक सेवाका क्षेत्र हरुमा स्काउटले महत्वपूर्ण भुमिका निर्वाह गरेको बताउनुभयो ।

कार्यक्रममा स्काउट गण्डकी प्रदेश समिती सदस्य हरिराम अधिकरी, काठेखोला गाउँपालिका वडा नम्बर १ का वडाअध्यक्ष खडक बहादुर थापा, वडा नम्बर २ का वडा अध्यक्ष विद्यापति शर्मा, प्रदेश स्काउट कार्यालय गण्डकी प्रदेश अधिकृत बिजय पौडेल र जनकल्याण माविका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ऋषिराम शर्माले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

उक्त अवसरमा जनकल्याण माध्यमिक विद्यालयका १६ जना छात्र स्काउट र १६ जना छात्रा गरी ३२ जना स्काउट विद्यार्थीहरुलाई पोषक वितरण समेत गरिएको थियो ।

काठेखोला स्काउटका अध्यक्ष होमनाथ गौतमको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको स्वागत जनकल्याण माविका प्रधानाध्यापक लिलाराम सापकोटा र संचालन काठेखोला स्काउटका सविच प्रजापति गौतमले गर्नुभएको थियो । जनकल्याण माध्यमिक विद्यालयमा विद्यार्थीहरुलाई स्काउट तालिम संचालन गरी विद्यालयस्तरमा स्काउट गठन गरिएको हो ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here