
बागलुङ, ५ चैत । पर्वतको कुश्मा नगरपालिका–१ पाङ अदुवाबारीको भीरमा लडेर बागलुङकी एक किशोरीको मृत्यु भएको छ । बागलुङ र पर्वत जोड्ने नेपालकै लामो झोलुङ्गे पुलमा सेल्फी खिच्ने क्रममा लडेर भारत घरभई हाल बागलुङ नगरपालिका–२ बस्ने १८ बर्षिया अप्सरा खातुनको मृत्यु भएको हो ।
बागलुङ नगरपालिका–१ रामरेखादेखि पर्वतको कुश्मा नगरपालिका–१ अदुवाबारी जोड्ने नेपालकै लामो झोलुङ्गे पुललाई पृष्ठभूमिमा पारेर सेल्फी खिच्ने क्रममा भिडरबाट खसेर खातुनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायव उपरिक्षक मधुसुदन न्यौपानेले बताए । लामो पुलको पर्वत खण्ड नजिकै चौरमा राखिएको नेपाल टेलिकमको बोर्ड नजिकै तस्विर खिच्ने क्रममा चिप्लिएर खातुन १ सय मिटर तल भिरमा खसेकी थिइन ।
खातुनलाई प्रहरीले भिरबाट अचेत अवस्थामा उद्धार गरेको थियो । उद्धारपछि उपचारका लागि धौलागिरी अस्पताल बागलुङमा पु¥याउँदै खातुनको मृत्यु भएको प्रहरीले जनाएको छ । घटनको बिषयमा थप अनुसन्धान भैरहेको प्रनाउ न्यौपानेले बताए ।










