
बागलुङ, २१ फागुन । नेपाल शिक्षक संघ बागलुङको अध्यक्षमा उमाकान्त शर्मा पौडेल सर्वसम्मत चयन भएका छन् ।
संघको आईतबार सम्पन्न नवौं अधिवेशनले शर्माको अध्यक्षतामा सर्वसम्मत नयाँ समिति निर्वाचित गरेको हो ।
संघको उपाध्यक्षमा सत्यनारायण सिंह, उपाध्यक्ष महिलामा निर्मा श्रीस, सचिवमा लक्ष्मीकान्त पौडेल (शर्मा), सचिव (अर्थ)मा कुल बहादुर घर्ती मगर, सहसचिव मदन बहादुर कार्की, सहसचिव महिलामा लेखा कुमारी घर्ती, सहसचिव अर्थमा धन कुमारी घर्ती, सहसचिव समावेशीमा वीर बहादुर किसान र तेजेन्द्र घर्ती सर्वसम्मत चयन भएका छन् ।
यस्तै महिला सदस्यहरुमा रिता के.सी., नन्द कुमारी ठकुरी, सम्झना शर्मा र माया चालिसे चयन भएका छन् । यस्तै खुल्ला सदस्यमा दयाराम रेग्मी तिलक आचार्य, प्रेम सागर सापकोटा र महेन्द्र थापा रहेका छन् ।
यस्तै अधिवेशनले प्रदेश प्रतिनिधि र संघीय प्रतिनिधिहरु चयन गरेको छ । अधिवेशनले प्रदेश प्रतिनिधिहरुमा महिला तर्फ भाविना गलामी, विन्दु शर्मा र सुमित्रा शर्मा चयन भएका छन्भने खुल्ला तर्फ मुक्तिराम शर्मा, ज्ञानेन्द्र गौतम, हर्कमान बुढा, जग बहादुर छन्त्याल, तारा बहादुर विक र विष्णु बहादुर थापा चयन भएका छन् ।
यस्तै संघीय प्रतिनिधिहरुमा महिला तर्फ सीता शर्मा, हुमा रिमाल र कल्पना खरेल चयनभएका छन्भने खुल्लाबाट सागर खरेल, डिल्लीराज अर्याल, भीष्म कंडेल, हरि प्रसाद चालिसे र ईश्वर ठाकुर पौडेल निर्वाचित भएका छन् ।
संघले सर्वसम्मत समिति गठनको लागि देवेन्द्र पौडेलको संयोजकत्वमा पाँच सदस्य अध्यक्ष अध्यक्ष मण्डल गठन गरिएको थियो ।










