
बागलुङ, २१ फागुन । अन्तर विद्यालयस्तरीय (कक्षा १०) बास्केटबल प्रतियोगिताको उपाधि आयोजक सिदार्थ शिक्षा सदनले जितेको छ ।
शनिबार भएको फाइनल खेलमा आयोजक सिदार्थ शिक्षा सदन ‘ए’ले फ्युचर ब्राइटर माध्यमिक विद्यालयलाई ४१–१६ ले पराजित गरी उपाधि उचालेको हो ।
प्रतियोगितामा सिदार्थ शिक्षा सदनका अनिश पुन उत्कृष्ट खेलाडी र दिप श्रेष्ठ हाइएस्ट स्कोरर घोषित भएका छन् । श्रेष्ठले प्रतियोगिताभर ४० स्कोर गरेका थिए ।
प्रतियोगिता उपाधि जितेको सिदार्थले १० हजार रुपैयाँ र उपविजेता फ्युचरले ५ हजार रुपैयाँ प्राप्त गरेका छन् ।
प्रतियोगतामा आयोजकका दुई टिम सहित ८ टिमको सहभागीता रहेको थियो ।
सिदार्थ शिक्षा सदनले बास्केटबल खेल प्रति विद्यार्थीहरुको चासो भएपनि प्रतियोगिताहरु नभएकोले कक्षा १० का विद्यार्थीहरुलाई विदाई गर्ने कार्यक्रमको अवसरमा प्रतियोगिताको आयोजना गरेको थियो ।











