बाउसोले हानेर श्रीमतीको हत्या

बागलुङ, १८ फागुन । बागलुङमा कोदालोले हानेर श्रीमानले श्रीमतीको हत्या गरेका छन् ।

जिल्लाको जैमिनी नगरपालिका–२ दमेकका ४५ बर्षिय केशव नेपालीले आफ्नी श्रीमती ३५ बर्षिया राधा नेपालीलाई बिहिबार दिउँसो बाउसो (कोदालो)ले हानेर हत्या गरेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायव उपरीक्षक गंगा बहादुर थापाले बताए । नेपालीले बारीमा आलु खन्ने क्रममा बाउसोको पछाडीको भागले श्रीमतीको टाउकोमा प्रहार गरी गम्भिर घाईते ९बेहोस० गराएका थिए ।

राधालाई बेहोस् अवस्थामा आफन्तले उपचारको लागि धौलागिरी अस्पताल बागलुङ बजारमा ल्याएपनि अस्पतालले मृत्त घोषणा गरेको प्रनाउ थापाले बताए ।

प्रहरीले केशव नेपालीलाई बिहिबार नै नियन्त्रणमा लिएको छ । नेपालीलाई नियन्त्रणमा लिएर अनुसन्धान अगाडी बढाएको प्रनाउ थापाले बताए ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here