बाबुले गरे नाबालिका छोरीको हत्या

बागलुङ, १८ फागुन । बागलुङको जैमिनी नगरपालिका–४ सर्कुवामा आफ्नै बाबुले दुई बर्षिया नाबालिका छोरीको हत्या गरेका छन् ।

बागलुङ नगरपालिका–१२ अमलाचौर घरभईहाल सर्कुवा मौलाछ बस्ने २७ बर्षिय सयरदिन मियाले बुधबार साँझ आफ्नी १८ महिनाकी छोरी अर्सा खातुनको हत्या गरेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायव उपरीक्षक गंगा बहादुर थापाले बताए । घरमा कोही नभएको मौका पारेर सायरले छोरीको टाउकोमा प्रहार गरेका थिए । टाउकोमा गहिरो चोट लागेकी आरिसाको घटनास्थलमै मृत्यु भएको प्रनाउ थापाले जानकारी दिए ।

हत्यामा संलग्न भएको आरोपमा सायर दिनलाई प्रहरीले बुधबार नै नियन्त्रणमा लिएको छ । छोरीको हत्यापछि घर छोडेर भागेका मियालाई प्रहरीले गाउँमै लुकीछिपी बसेको अबस्थामा पक्राउ गरेको थियो ।

मियालाई बिहिबार जिल्ला अदालत बागलुङबाट पाँच दिनको म्याद थप गरि अनुसन्धान अगाडी बढाइएको प्रनिउ थापाले बताए । सायरले के कारणले छोरीको हत्या गरे भन्ने बिषय नखुलेको प्रनिउ थापाले बताए ।

बालिकाको शव धौलागिरी अस्पताल बागलुङमा बिहिबार पोष्टमार्टम गरिएको छ ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here