
बागलुङ, १८ फागुन । बागलुङमा अन्तर विद्यालयस्तरीय बास्केटबल प्रतियोगिता हुने भएको छ । सिदार्थ शिक्षा सदनको आयोजनामा यहि फागुन १९ र २० गते अन्तर विद्यालय स्तरीय (कक्षा १०) प्रतियोगिता हुन लागेको खेल संयोजक निशान थापाले जानकारी दिनुभयो ।
सवै प्रतियोगिता सिदार्थ शिक्षा सदनकै प्राङ्गणमा हुने आयोजकले जनाएको छ । प्रतियोगितामा १२ टिमको सहभागिता हुने अपेक्षा गरिएको खेल संयोजक थापाले बताए । उनले प्रतियोगिताको विजेताले १० हजार र उपविजेताले ५ हजार रुपैयाँ प्राप्त गर्ने बताए । प्रतियोगितामा उत्कृष्ट खेलाडी र धेरै स्कोर गर्ने खेलाडीले विधागत पुरस्कार प्राप्त गर्नेछन् ।
विद्यालयमा बास्केटबल खेल प्रति विद्यार्थीहरुको चासो भएपनि प्रतियोगिताहरु नभएकोले कक्षा १० का विद्यार्थीहरुलाई विदाई गर्ने कार्यक्रमको अवसरमा प्रतियोगिताको आयोजना गरिएको खेल संयोजक मोहन थापाले बताए । उनले बास्केटबलका खेलाडी उत्पादन गर्ने र खेलाडीहरुलाई प्रोत्साहन गर्नको लागि प्रतियोगिता गर्न लागिएको बताए ।
प्रतियोगिता संचालनमा ५० हजार रुपैयाँ खर्च लाग्ने आयोजकले अनुमान गरेको छ । सम्पूर्ण खर्च विद्यालयले व्यहोर्ने संयोजक निशान थापाले बताए ।










