ट्याक्टरको ठक्करबाट बालकको मृत्यु

बागलुङ, १३ फागुन । बागलुङको ढोरपाटन नगरपालिकामा ट्याक्टरको ठक्करबाट एक बालकको मृत्यु भएको छ ।

शनिबार ढोरपाटन नगरपालिका–६ चामेद्वारमा ध १ त ५११ नम्बरको ट्याक्टरको ठक्करबाट स्थानीय १३ बर्षिय लक्ष्मण विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी निरीक्षक राजाराम खड्काले बताए । प्रनि खड्काले विकको घटनास्थलमै मृत्यु भएको बताए ।

इलाका प्रहरी कार्यालय बुर्तिबाङले घट्नामा संलग्न ट्याक्टर र चालक कसम पुनमगरलाई नियन्त्रणमा लिएर थप अनुसन्धान अगाडी बढाएको प्रनि खड्काले बताए ।

चामिद्वारमा बालुवा झारेर बुर्तिबाङ फर्किँदै गरेको ट्याक्टरले विकलाई ठक्कर दिएको प्रहरीले जनाएको छ । बालक बारीमा मल फालेर घर फर्कँदै गरेको खड्काले बताए ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here