लखन कप भलिबलमा काठेखोला पाला र गौडाकोटको विजयी शुरुवात

बागलुङ, १३ फागुन । बागलुङमा आजदेखि शुरु भएको दोस्रो लखन कप पुरुष भलिबल प्रतियोगितामा काठेखोला गाउँपालिका १ पाला र गौडाकोट युवा क्लब बानपा ३ ले विजयी शुरुवात गरेका छन् ।

नेपाल मगर संघको ४१ औं स्थापना दिवसको अवसरमा नेपाल मगर युवा संघ बागलुङले आयोजना गरेको दोस्रो लखन कप पुरुष भलिबलतर्फ दुई समूहले विजयी शुरुवात गरेका हुन् ।

आज भएको पहिलो खेलमा काठेखोला गाउँपालिका १ पालाले क्षेत्री ट्राभल्स धम्जालाई २—१ को सेटमा पराजित गरेको हो ।
पालाले पहिलो सेट २५—१७ ले जिते पनि दोस्रो सेट २३—२५ले गुमाएको थियो भने अन्तिम तथा तेस्रो सेटमा २५—२२ले जित निकालेको हो ।

यस्तै दोस्रो खेलमा गौडाकोट युवा क्लबले बागलुङ नगरपालिका ७ लाई २—१ सेटमा पराजित गर्दै विजयी शुरुवात गरेको छ । पहिलो सेट २३—२५ले गुमाएको गौडाकोटले उत्कृष्ट पूनरागमन गर्दै २५—१५ र २५—२३ले विजयी भएको हो ।

आजदेखि शुरु भएको लखन कप भलिबलमा पुरुषतर्फ १५ समूहको सहभागिता रहेको छ । भोलि देखि पुनः पहिलो चरणका बाँकी खेल सञ्चालन हुने आयोजकले जनाएको छ ।

यस्तै खुल्ला वडास्तरीय पुरुष भलिबलतर्फ विजेताले ८१ हजार १ सय ८१, द्रोस्रो हुने समूहले ४१ हजार १ सय ४१ र सान्त्वना हुने दुई समूहले क्रमश १०/१० हजार पुरस्कार प्राप्त गर्ने नेपाल मगर युवा संघ बागलुङका उपाध्यक्ष प्रकाश थापामगरले जानकारी दिए ।

दोस्रो लखन कप पालिका स्तरीय महिला भलिब प्रतियोगितामा विजेता हुने समूहले २५ हजार, द्धितीय हुने समूहले १५ हजारसहित ट्रफी मेडल र प्रमाणपत्र पुरस्कार प्राप्त गर्नेछन् ।

उनका अनुसार लखनकप तथा मगर स्थापना दिवसको अवसरमा सामुहिक खुल्ला लोक नृत्य प्रतियोगिता समेत आयोजना गरेको छ । लोक नृत्यतर्फको विजेताले १० हजार, दोस्रो हुने समूहले ७ हजार र तेस्रो हुने समूहले ४ हजार पुरस्कार प्राप्त गर्नेछन् ।

नेपाल मगर युवा संघ बागलुङले आयोजना गरेको प्रथम लखन कप महिला भलिबलतर्फ बागलुङको बडिगाड गाउँपालिका विजेता र ताराखोला गाउँपालिका उपविजेता भएका थिए । यस्तै खुल्ला वडास्तरीय पुरुष भलिबलतर्फ बागलुङको गलकोट नगरपालिका ७ मल्म विजेता र गलकोट नगरपालिका पाण्डवखानी उपविजेता भएको थिए ।

भलिबल प्रतियोगिता बागलुङको कालिका भगवती बालउद्यानमा भइरहेको छ ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here