
बागलुङ, ७ फागुन । बागलुङको काठेखोला गाउँपालिका–२ भीमापोखरामा स्थापित पुष्पाञ्जली ग्रामिण विकास केन्द्रको अध्यक्षमा राजु गौतम चयन हुनुभएको छ ।
केन्द्रको अधिवेशनले गौतमको अध्यक्षतामा ११ सदस्य नयाँ समिती चयन गरेको हो ।
समितिको उपाध्यक्षमा खिमबहादुर सुनार ‘मधु’, सचिवमा विमल शर्मा, सहसचिवमा मिना भण्डारी ‘जुना’ र कोषाध्यक्षमा विष्णु थापा चयन भएको संस्थापक अध्यक्ष प्रेम केसीले जानकारी दिनुभयो ।
समितिको सदस्यमा सागर विक, शंकर विक, लक्ष्मी आले, अमृत पौडेल र गणेश पौडेल रहनुभएको छ । एक सदस्य समितिले पछि थप गर्ने छ । केन्द्रले स्थानीय खेल, कलाको विकास, संरक्षण र प्रर्वद्धनको लागि विगत ४१ सालदेखि निरन्तर रुपमा महाशिवरात्री मेला आयोजना गर्दै आएको छ ।
मेला आयोजनासँगै स्थानीय विकास निर्माणमा केन्द्रको सक्रिया सहभागीता रहेको छ । निर्वाचित पदाधिकारी तथा सदस्यलाई निर्वाचन मण्डलका सदस्य विक्रम शर्माले पद तथा गोपनीयताको सपथ ग्रहण गराउनुभएको छ ।










