जनयुद्ध दिवसमा बजार सरसफाई

बागलुङ, १ फागुन । २८औँ जनयुद्ध दिवसका अवसरमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) बागलुङ नगर कमिटीले सोमबार बागलुङ बजारमा सरसफाई गरेको छ।

नगर समितिले बागलुङ नगरपालिका-२ समीक्षालय चोकदेखि हल्लनचोक, लालिगुराँस चोक, धौलागिरी चोक, जिपपार्क चोक, लालिगुराँस चोक हुँदै नेकपा (माओवादी केन्द)को पार्टी कार्यालयसम्म सरसफाई गरिएको नेकपा माओवादी केन्द्र बागलुङ नगर कमिटीका सचिव एवम् बागलुङ नगरपालिकाका उपप्रमुख राजु खड्काले जानकारी दिए ।

माओवादी केन्द्र गण्डकी प्रदेश कमिटी सचिवालय सदस्य यज्ञबल्ब शर्माले सरकारले जनयुद्ध दिवसमा बिदा दिएर सरकारले जनयुद्ध महान भएको जानकारी दिएको बताए ।

उनले वैधानिक तवरले जनयुद्धलाई यसअघि नै स्थापित गरिनुपर्नेमा ढिलै भएपनि सरकारले जनयुद्ध दिवसर मनाउने र सार्वजनिक बिदा दिने निर्णय गरेको बताए ।

उनले सरकारको निर्णयले सम्पूर्ण सहिद, बेपत्ता, घाइते र अपांगता भएका व्यक्तिप्रतिको सम्मान भएको धारणा राखेका थिए ।

शर्माले देशको व्यवस्थाका लागि माओवादीले जनयुद्ध सुरुवात गरेको र अहिले पनि विभिन्न विकासका एजेण्डाहरू र देशलाई सामाजिक, आर्थिक रुपान्तरणतर्फ अगाडि बढाउन लागिपरिरहेको बताए ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here