फरार दुई प्रतिवादी पक्राउ

बागलुङ, २९ माघ । जिल्ला प्रहरी कार्यालय बागलुङले विभिन्न मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरेको छ । प्रहरीले लागु औषध र सवारी ज्यान मुद्दाका एक/एक जना फरार प्रतिबादीलाई शुक्रबार पक्राउ गरेको जनाएको हो ।

जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायव उपरीक्षक गंगा बहादुर थापाले लागु औषध मुद्दामा फरार निसीखोला गाउँपालिका–६ की ३७ बर्षिया भागिमला बुढा मगर र सवारी ज्यान मुद्दामा फरार निसीखोला–६ का ३२ बर्षिय चन्द्रबहादुर घर्ति मगरलाई पक्राउ गरिएको जनाकारी दिए ।

मुढा मगरलाई अदालतको वि.सं. २०६८ असार २३ गते फैसलाले १० महिना १५ दिन कैद र ७ हजार रुपैयाँ जरिवाना तोकेको थियो । यस्तै घर्ति मगरलाई वि.सं. २०७४ माघ ११ गतेको फैसलाले २ महिना ७ दिन कैद र एक हजार रुपैयाँ जरिवाना तोकेको थियो ।
कैद तथा जरिवाना भुक्तान हुन बाँकी रहेका प्रतिबादीलाई बागलुङ जिल्ला अदालतमा पेश गरिएको प्रहरी नायव उपरीक्षक थापाले जानकारी गराए ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here