कराते टोली जापान प्रस्थान

बागलुङ, २८ माघ । फेव्रुअरी महिनाको १३ देखि १९ तारिखमा जापानमा हुने कराते सेमिनार तथा खेलकुद प्रतियोगितामा सहभागी हुन बागलुङका एक खेलाडी तथा प्रशिक्षक जापान प्रस्थान गर्नुभएको छ ।

बागलुङको बडिगाड गाउँपालिका बडिगाड डोजोका प्रमुख प्रशिक्षक राजन कुमार पाईजा सेमिनार तथा बिज्जल पाईजा प्रतियोगितामा सहभागी हुने शनिबार जापान प्रस्थान गर्नुभएको हो

प्रशिक्षक पाईजाले यस अघि राष्ट्रिय तथा अन्तराष्ट्रिय प्रतियोगितामा सहभागी भई विभिन्न पदक जित्न सफल हुनुभएको छ । । कार्यक्रमको व्यवस्थापनमा प्रदिप शाह रहनुभएको छ ।

खेलाडी तथा प्रशिक्षकलाई खेलकुद परिषदका उपाध्यक्ष शिव कोईराला (ज्वाला) ले सफलताको शुभकामनासहित विदाई गर्नुभएको थियो ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here