
बागलुङ, २१ माघ । जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख प्रहरी उपरीक्षक (एसपी) दयानिधि ज्ञवालीको सरुवा भएको छ ।
प्रहरी प्रधान कार्यालयले बिहिबार बागलुङका एसपि ज्ञवाली सहित नेपाल प्रहरीका ५३ जना प्रहरी उपरिक्षक (एसपी)को सरुवा गरेको हो ।
ज्ञवालीको काठमाडौं उपत्यका प्रहरी कार्यालय अन्वेषण योजना तथा विकाश शाखामा सरुवा भएको छ ।
बागलुङमा लागू औषध नियन्त्रण ब्यूरो, अपराध अनुसन्धान तथा कारवाही शाखा काठमाडौंबाट योगेन्द्र कुमार खड्का आउनुहुने भएको छ ।










