बागलुङका एक पुरुषले पेट्रोल छर्केर आत्मदाहको प्रयास

बागलुङ, १८ माघ । बागलुङमा एक पुरुषले पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेका छन् । बागलुङ नगरपालिका वडा नम्वर ८ सिगानाका ५२ वर्षीय शेर बहादुर जिसीले आफ्नै शरिरमा पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेका छन्।
 
घरमा कोही नभएको अवस्थामा जिसीले पेट्रोल छर्केर शरीरमा आगो लगाएको प्रहरीले जनाएको छ । पेट्रोल छर्केर घाइते अवस्थामा रहेका जिसीको अहिले धौलागिरी अस्पतालमा उपचार भैरहेको जिल्ला प्रहरी कार्यलय बागलुङका प्रहरी नायव उपरिक्षक तथा सुचना अधिकारी गंगा बहादुर थापाले बताउनु भयो ।

                                                                                                       

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here