
बागलुङ, १७ माघ । नेपाल टेलिभिजनको ३८ औँ बार्षिकोत्सवमा उत्कृष्ट सम्वाददाताको रुपमा बागलुङका किरण आचार्य पुरस्कृत भएका छन् ।
आर्थिक बर्ष २०७८/०७९को अबधिमा गरिएको कार्य मुल्याङ्कनको आधारमा टेलिभिजनका बागलुङ सम्वाददाता आचार्य गण्डकी प्रदेशबाट उत्कृष्ट सम्वाददाताको रुपमा पुरस्कृत भएका हुन् । उनलाई नगद सहित कदर पत्रद्वारा पुरस्कृत गरिएको हो ।
आचार्य सहित अन्य ६ प्रदेशबाट एक–एक जना सम्वाददाता र देशभरबाट एक जना गरि ७ जना पुरस्कृत भएका छन् ।आचार्य विगत लामो समयदेखि नेपाल टेलिभिजन बागलुङ सम्वाददाताको रुपमा कार्यरत छन् ।
ईपरी न्युज बाट साभार










