बाग्लुङकी महिलाको गुल्मीमा हत्या

बागलुङ, १६ माघ । बागलुङको बडिगाड गाउँपालिकाकी एक महिलाको गुल्मीको मुसिकोट नगरपालिका वडा नम्वर १ न्वारमा बिभत्स हत्या भएको छ ।

बडिगाड गाउँपालिका वडा नम्वर ३ सिसाखानी घर भई मुसिकोट नगरपालिका वडा नम्वर १ न्वारमा व्यवसाय गर्दै आउनुभइकी गंगा देवि शेरचनको हिजो राती हत्या भएको प्रहरीले जनाएको छ ।

५८ बर्षिय शेरचन न्वारमा ३० बर्षदेखि एक्लै होटल संचालन गर्दै आउनुभएको थियो । विहान अबेरसम्म पनि होटलको ढोका नखोलिएपछि स्थानियले परिवार र परिवारले प्रहरिलाई खबर गरेपछि घटना बाहिर आएको थियो ।

खबर पाए लगतै वामी प्रहरि चौकिबाट प्रहरी घटनास्थल पुगेको थियो । अहिले घटना स्थलमा गुल्मिका प्रहरी प्रमुख, प्रहरी उपरिक्षक अर्जुन रानाभाटको नेतृत्वमा पुगेको टोलिले घटनाबारे अनुसन्धान गरिरहेको छ ।

‘घटना हत्या भएको हाम्रो आशंका छ’ रानाभाटले भन्नुभयो, ‘अहिले कुकुरको साहायताले अनुसन्धान हुँदै छ ।’ अविवाहित उहाँ एक्लै गंगा होटल संचालन गर्दै आउनुभएको थियो । घटनाको थप अनुसन्धान भईरहेको रानाभाटले बताउनुभयो ।

शनिबार साँझ उहाँको होटलमा अपरिचित तीन जना व्यक्तिहरु बास माग्न आएको स्थानीयले प्रहरीलाई बताएका छन् ।

उनीहरु बिहान निस्के ननिस्केको बिषयमा प्रहरीलाई जानकारी छैन । गंगाको शव हातगोडा बाँधिएको, रगत लतपतिएको अबस्थामा रहेको रानाभाटले बताउनुभयो  ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here