कालीगण्डकीमा र्‍याफ्टिङ सुरु

म्याग्दी, ५ माघ  । कालीगण्डकी नदीको म्याग्दी क्षेत्रमा पहिलो पटक जलयात्रा व्यवसाय (र्‍याफ्टिङ) सुरु भएको छ ।

सदरमुकाम बेनीको कालीपुलस्थित होटल गण्डकीका सञ्चालक गमबहादुर पुनले बेनी नगरपालिका–९ गलेश्वरदेखि बेनीको दोबिल्लासम्मको कालीगण्डकी नदीमा ३ किलोमिटर खण्डमा र्‍याफ्टिङ सुरु गरेका हुन्। स्थानीय तथा मुस्ताङ भ्रमणमा आउने आन्तरिक पर्यटकलाई लक्ष्य गरी गलेश्वर–बेनी छोटो दूरीमा पहिलो छलाङको र्‍याफ्टिङ सुरु गरेको स्पाल्स नेपाल एड्भेन्चरका सञ्चालक तथा गाइड होम पुनले बताए।

स्थानीय युवायुवती र मुस्ताङ भ्रमणमा आउने आन्तरिक पर्यटकलाई लक्षित गरी गलेश्वर–बेनीसम्म र्‍याफ्टिङ गराउन सकिने सम्भावना देखिएपछि र्‍याफ्टिङ/कायकिङ व्यवसायी र गाइडसँगको सहकार्यमा बेनीबाट व्यवसाय सुरु गरिएको उनले जानकारी दिए। उनले भने ‘गलेश्वर–बेनीसम्म कालीगण्डकीमा पानीको बहाव सलल बगेको छ, कम छाल भएकाले जलयात्रामा रुचि राख्ने सबैले सहज यात्रा गर्न सकिन्छ।’

जलयात्रा साहसिक हुने भएकाले अन्य यात्रामा जस्तो सहज बासको अपेक्षित हुँदैन । तर बेनी र गलेश्वरमा सबै स्तरका होटल सुविधा भएकाले बास, खाजाको समस्या नहुने र यात्रुको सुरक्षा हुने व्यवसायीले बताए।

सन् १९९१ देखि बेनीदेखि स्याङ्जाको मिर्मीसम्म ६० किलोमिटर कालीगण्डकी नदीमा र्‍याफ्टिङ तथा कायाकिङ सुरु भएको हो । तर बेनी–मालढुंगासम्मको खण्डमा अलि बढी छालहरू बढी भएकोले व्यवसायीले मालढुंगा–मिर्मीसम्म मात्र र्‍याफ्टिङ गराउँदै आएका थिए ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here