बागलुङको सिगानामा टिपर दुर्घटना हुँदा चालकको मृत्यु

बागलुङ, ४ माघ । जिल्लाको बागलुङ नगरपालिका वडा नम्बर ८ सिगानामा टिपर दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ ।

टिपर चालक मकवानपुर जिल्ला हेटौडा उपमहानगरपालिका–१४ का ४३ बर्षिय राजु मोक्तानको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायव उपरीक्षक (डिएसपि) तथा सूचना अधिकारी गंगा बहादुर थापाले बताए ।

बागलुङ नगरपालिका वडा नम्बर ८ सिगानादेखि वडा नम्बर ३ काँठेखोला आउँदै गरेको बा २ क ९२५८ नम्बरको खाली टिपर आज (बुधबार) बिहान साढे ९ बजे अनियन्त्रित भइ सिगानाको शेरामा सडकबाट अन्दाजी २ सय मिटर तल खसेको थियो ।

डिएसपि थापाले बागलुङ–बरेङ सडक खण्ड निर्माणमा संचालन भइरहेको टिपर सामाग्री छाडेर फर्किदै गर्दा दुर्घटना भएको बताए ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here