जिल्ला कृषि सहकारी संघको अध्यक्षमा पुनः थापा

बागलुङ, ३० पौष । जिल्ला कृषि सहकारी संघ बागलुङको अध्यक्षमा नरबहादुर थापा चयन हुनुभएको छ ।

शनिवार भएको संघको १० औ बार्षिक साधारणसभाले थापाको अध्यक्षतामा ९ सदस्य संचालक समिति र ३ सदस्यीय लेखा सुपरिबेक्षण समिति चयन गरेको हो ।

संचालक समितिको उपाध्यक्षमा मणिभद्र शर्मा, सचिवमा गंगाबहादुर थापा, सहसचिवमा ललित श्रीस, कोषाध्यक्षमा देवि श्रीस रहनु भएको छ । सदस्यमा जगदिश्वर शर्मा, रेशम रेग्मी, शान्त आचार्य र प्रभाकर पौडेल चयन हुनु भएको छ ।

लेखा सुपरिवक्षेण समितिको संयोजकमा सूर्यबहादुर भण्डारी, सदस्यमा गुमानसिंह बुढाथोकी र सपना श्रीस रहनु भएको छ । साधारण सभाको उद्घाटन राष्ट्रिय सहकारी महासंघका केन्द्रिय संचालक हुमाकुमारी जिसी अञ्जुले गर्नु भएको थियो ।

कार्यक्रममा राष्ट्रिय सहकारी महासंघका केन्द्रिय संचालक हुमाकुमारी जिसी अञ्जु, नेपाल सुचना तथा संचार केन्द्रिय सहकारी संघका संचालक खिमबहादुर कार्की, जिल्ला कृषि सहकारी संघका सल्लाहकार मोहनलाल शर्मा, कृषि ज्ञान केन्द्र बागलुङका बालि बिकास बिज्ञ दिनेश पाठक, बागलुङ नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत पुरुषोत्तम सापकोटाले मंतव्य व्यक्त गर्नु भएको थियो ।

त्यसैगरि भेटेरिनरी कार्यालयका गुप्तबहादुर कार्की, राष्ट्रिय सहकारी बैङ्कका शाखा प्रमुख युवराज त्रिपाठी, हाम्रो सम्मृद्धी कृषि सहकारी संस्था बानपा ९ का अध्यक्ष हिराबहादुर केसी, सहभागी गुमानसिंह बुढाथोकी र लालकुमार पुनले मंतव्य व्यक्त गर्नु भएको थियो ।

कार्यक्रम संघका अध्यक्ष नरबहादुर थापाको अध्यक्षता, उपाध्यक्ष मणिभद्र शर्माको स्वागत र सचिव गंगाबहादुर थापाको संचालनमा सम्पन्न भएको थियो ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here