
बागलुङ, ३० पुस । नेपालकै पहिलो धातु सहकारी धौलागिरि र्सिजनसिल धात सहकारी संस्था बागलुङको प्रथम वार्षिक साधारणसभा सम्पन्न भएको छ ।
सहकारीको परिकलपना गरिएको ठाउँ बागलुङ नगरपालिका–७ कालिमाटीमा सहकारीले पहिलो साधारणसभा सम्पन्न गरेको हो । परम्परागत सिपको संरक्षण र त्यसको आधुनिकीकरण तथा बजारीकरण गर्ने उद्देश्यले सहकारी स्थापना गरिएको सहकारीका अध्यक्ष रामबहादुर विश्वकर्माले जानकारी दिनुभयो ।
सिप भएर पनि लगानी अभावमा कच्चा पदार्थ खरिद गर्न पुँजी अभाव तथा उत्पादित बस्तुको बजारीकरणमा सहयोग गर्दै आएको अध्यक्ष विकले बताउनुभयो । धातु सहकारीले विशेष गरी तामा खरिद गरेर कालीगढलाई कच्चा पदार्थ उपलब्ध गराउने र तयारी वस्तु संकलन गरी बागलुङ बजारमा सटर भाडामा लिएर विक्री वितरण गर्दै आएको छ ।
सहकारीले लगानी प्रवाह तथा बजारीकरणमा सहयोग, सामाजिक उत्तरदायित्व र समानता, ऐकयवद्धता इमानदारी र पारदर्शीता र जिम्मेवारी जस्ता नैतिक मुल्य, मानयतामा आधारित भएर सञ्चालन हुँदै आएको सहकारीका उपाध्यक्ष विकास विश्वकर्माले बताउनुभयो ।
विस २०७८ सालदेखि औपचारिक ढंगबाट सञ्चालनमा आएको सहकारीमा ५६ जना सेयर सदस्यको १६ लाख छ हजार पाँच सय रुपियाँ सेयर पुँजी रहेको छ । पुँजीलाई वित्तिय कारोबार नगरी धातु कच्चा वस्तु खरिद गरी स्थानीय जनशक्तिलाई रोजगारको व्यवस्था गरेको सहसचिव हेमलाल विश्वकर्माले जानकारी दिनुभयो ।
सहकारीले उत्पादित वस्तुलायृ बागलुङका स्थानीय बजार हरिचौर, हटिया, बुर्तिवाङ, म्याग्दीको बेनी बजार, बावियाचौर, दरवाङ्गसम्म बजारीकरण गरेको छ । खुल्ला ग्राहकबाट पोखरा, काठमाण्डौँ, चितवन, भैरवा, विदेश तिर युरोप, जापान अष्टे«लिया समम हाम्रा सामान पुगेका छन । उत्पादन सामाग्रीहरु परम्परागत भन्दा आधुनिक र सजाउने खालका बनाउनु पर्ने आवश्यक रहेको सहकारीका अध्यक्ष रामबहादुर विश्वकर्माले बताउनुभयो ।
विदेश पठाउने सामानहरु कार्टुन प्याकिङ गर्नुपर्ने देखिन्छ । सहकारीले धातु सामाग्री केन्द्रमा लगानी ९३ लाख ५७ हजार ९५२ रुपियाँ, कारोबारमा ७७ लाख ४३ हजार ५६६ रुपियाँ, स्टक सामान २६ लाख दुई हजार ४६७ रुपिया रहेको छ । साधारणसभामा ज्येष्ठ सेयर सदस्य लालबहादुर विश्वकर्मा, नेपाल पत्रकार महासंघ बागलुङ शाखाका कार्यवहाक अध्यक्ष नवीन शिशिर विक, धौलागिरि आत्मनिर्भर बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष दुर्गाबहादुर विक लगायतले बोल्नुभएको थियो ।
कार्यक्रम संस्थाका अध्यक्ष विश्वकर्माको अध्यक्षता, सञ्चालक समिति सदस्य टीका कुमारी विश्वकर्माको स्वागत र विकास विश्वकर्माको सञ्चालनमा सम्पन्न भएको थियो ।











