स्कुल बसको ठक्करबाट पैदल यात्री वृद्धाको मृत्यु

झापा, २९ पौष । झापाको गौरादहमा स्कुल बसको ठक्करबाट पैदल यात्री एक वृद्धा मृत्यु भएको छ ।

मृत्यु हुनेमा गौरादह नगरपालिका- १ की ७२ वर्षीया तुलसा दाहाल रहेकी जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी वसन्त पाठकले जानकारी दिए । प्रहरीका अनुसार बिहीबार दिउँसो ३ बजे गौरादह- १ स्थित नगर अस्पताल मोड नजिकैको सडकमा माउन्ट एभरेस्ट बोर्डिङ स्कुलको मे १ ख २६७६ नम्बरको बसले दाहाललाई ठक्कर दिएको थियो ।

बसको ठक्करबाट गम्भीर घाइते भएकी वृद्धालाई उपचारका लागि दमकस्थित लाइफलाइन अस्पताल पठाइएको र त्यहाँ उपचार सम्भव नहुँदा बिर्तामोडस्थित बीएण्डसी अस्पताल रेर्फर गरिएको थियो । उनको बीएण्डसीमा उपचारको क्रममा राती ११ बजे मृत्यु भएको थियो ।

प्रहरीले बस र बस गौरादह-२ बस्ने ३७ वर्षीय अमरलाल ताजपुरियालाई नियन्त्रणमा लिएको छ ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here