कल्याण समाजद्वारा थापा दम्पत्तीको उपचारको लागि आर्थिक सहयोग हस्तान्तरण

बागलुङ, २५ पौष । काठेखोला गाउँपालिका–२ भीमापोखराका एक विरामी परिवारको लागि भीमापोखरा कल्याण समाज बागलुङले संकलन गरेको सहयोग रकम आईतबार हस्तान्तरण गरेको छ ।

भीमापोखरा गैराथोकका एकै परिवारका श्रीमान र श्रीमती विरामी भएपछि उपचारको लागि आर्थिक समस्या भएकोले समाजले आर्थिक रकम संकलन अभियान संचालन गरेको थियो ।

भीमापोखराका हर्क बहादुर थापा र उनकी श्रीमती उजेली थापा विरामी भएर अस्पताल भर्ना भएपनि आर्थिक अभावको कारण उपचारमा समस्या भएको भन्दै सहयोगको लागि परिवारले सहयोगको अपिल गरेको थियो । हर्क बहादुर घरको सिढिबाट लड्दा छातिको करङ भाचिएकोले गण्डकी मेडिकल कलेज पोखरामा उपचार गरेर घर फर्किएका छन्भने श्रीमती उजेली थापा उच्च रक्तचाका कारण टिचिङ अस्पताल काठमाडौंमा उपचाररत रहनुभएको छ । उजेलीको टाउकाको अप्रेसन गरिएको रसघन कक्ष (आईसियू)मा थप उपचार भइरहेको परिवारले जनाएको छ ।

थापाद्वयको उपचारका लागी भीमापोखरा कल्याण समाज बागलुङले ‘हर्क उजेली बचाउ’ अभियान संकलन गरेर आर्थिक संकलन गरेको थियो । समाजले संकलन गरेको एक लाख १४ हजार रुपैयाँ आईतबार हस्तान्तरण गरिएको छ । थापाकी नातिनी रोशनी थापा कार्कीलाई समाजका अध्यक्ष टिका बहादुर कार्की, सचिव डिल्लीराज उपाध्याय र कोषाध्यक्ष राजु गौतमले संयुक्त रुपमा चेक हस्तान्तरण गर्नुभएको थियो ।

थापा परिवारको उपचारको लागि देश तथा विदेशमा रहेका नागरिकहरुलाई अपिल गरेर संकलन गरेको उक्त रकम हस्तान्तरण गरिएको समाजका अध्यक्ष कार्कीले बताउनुभयो । उहाँले सहयोग गर्ने सम्पूर्णलाई धन्यवाद समेत ज्ञापन गर्नुभएको थियो ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here